चट्याङ लागेर झापामा युवाको मृत्यु
- वर्ल्ड दैनिक
- २ साल अघि
- १७० पटक पढिएको
आइतबार राति अविरल वर्षासँगै परेको चट्याङ लागेर झापामा एक युवाको मृत्यु भएको छ । हल्दिबारी गाउँपालिका–२ राइटोल निवासी २६ वर्षीय युवा भेना हास्दाको राति घरबाट शौचालय जान बाहिर निस्किएको अवस्थामा चट्याङ लागेर मृत्यु भएको । चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले बताए ।

प्रतिक्रिया दिनुहोस