सत्यवती गाउँपालिकामा नेकपा एमालेका पाण्डे निर्वाचित
- वर्ल्ड दैनिक
- २ साल अघि
- १७७ पटक पढिएको
नेकपा एमालेका भीमप्रसाद पाण्डे गुल्मीको सत्यवती गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् ।उनले ६ हजार २६७ मत ल्याएका छन् भने पाण्डेका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका पारिश्वर ढकालले ५ हजार ६११ मत ल्याएका छन्।
निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार उपाध्यक्षमा नेकपा एमालेकै निरमाया तरामुले ६ हजार २२४ मत ल्याएर विजयी भएकी छन् भने उनको प्रोतियोगी नेपाली कांग्रेसकी तेजकुमारी थापाले ५ हजार ५६१ मत ल्याएको जनाइएको छ।
गाउँपालिकाका ८ वडामध्ये ५ वटामा एमाले, २ वटामा कांग्रेस र एउटा वडामा नेकपा माओवादी केन्द्रले जितेको छ ।
गाउँपालिकामा १९ हजार २२५ जना मतदाता रहेकोमा १२ हजार ४३२ जनाले मतदान गरेका थिए जसअनुसार वडा नम्बर १, २, ४, ७ र ८ मा एमाले र ५ र ६ मा नेपाली कांग्रेस, ३ मा माओवादी केन्द्रले वडाध्यक्ष जितेको छ ।
प्रतिक्रिया दिनुहोस