धनुषामा गोली चल्दा एकजना घाइते

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २३४ पटक पढिएको

धनुषास्थित धनौजी गाउँपालिकाको मतगणना स्थल विवादले गर्दा तनावग्रस्त बनेको छ। मत पेटिकामा खसेको भन्दा बढी मतपत्र भेटिएको भन्दै विवाद भएको हो।

तनावग्रस्त स्थानमा प्रहरीले प्लास्टिकको गोली चलाउनुका साथै अश्रुग्यास समेत प्रहार गरेको थियो । घटनामा स्थानीय कासिम आजादलाइ बायाँ खुट्टामा गोली लगेर घाइते भएको नेकपा एकीकृत समाजवादीका नेता राजकुमार यादवले जानकारी दिए। 

धनुषाका प्रहरी प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले केही सेल अश्रुग्यास र २५ राउन्ड हवाई फायर गरिएको बताए। क्षेत्रीका अनुसार ढुंगा लागेर एक जना प्रहरी पनि घाइते भएका छन्।   

खसेको भन्दा १५ वटा मतपत्र वडा १ मा र वडा २ धनौजी मा ४ वटा मत बढी भेटिएपछि बिहानैदेखि विवाद र तनावका कारण मतगणना स्थागित भएको छ। अहिले मतगणना स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएका छन् ।

मतदान र मतगणनामा धाँधली भएको भन्दै पुनः मतदान गर्नुपर्ने माग गर्दै एकीकृत समाजवादीले मतगणना स्थलमा धर्ना दिएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित