जजिरा एयरलाइन्सले आजदेखि गौतमबुद्ध विमानस्थलमा हवाई सेवा सुरू गर्न

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १०३ पटक पढिएको

नेपाली समय अनुसार सोमबार बिहान २ बजेर ३० मिनेटमा कुवेतबाट उडान भरेको जजिरा बिहान ७ बजेर ७ मिनेटमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।

कुवेतको जजिरा एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अवतरण गरेको छ।

नियमित रूपमा अन्तर्राष्ट्रिय उडानको लागि जजिराले अनुमति पाएको थियो।

जजिराले बुद्ध जयन्ती अवसर पारेर सोमबारदेखि नियमित रूपमा कुवेत-भैरहवा-कुवेत  उडान गर्नेछ। 

जजिराले हाल काठमाडौंमा समेत नियमित उडान गरिरहेको छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले केहीबेरमा शुभारम्भ गर्दैछन्।

प्रधानमन्त्री देउवा विमानस्थल आइपुगेका छन्। अहिले उनले विमानस्थलको अवलोकन गरिरहेका छन्।

भैरहवाबाट सोमबार, बुधबार र शुक्रबार बिहान २:३० बजे उडान हुनेछ भने कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ५:१५ अवतरण हुनेछ।

त्यसैगरी, कुवेतबाट मंगलबार, बिहीबार र शुक्रबार साँझ ६:३० बजे उडान हुनेछ भने भैरहवामा बिहान १:४५ बजे अवतरण हुनेछ।

भर्खरैमात्र निर्माण सम्पन्न भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा पहिलो अन्तर्राष्ट्रिय व्यवसायिक उडान अनुमति लिएको जजिरा एयरले अहिलेको लागि हप्ताको ३ दिन उडान गर्नेछ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित