आफुलाई भोट नहालेको भन्दै कार्यकर्ता माथि कुटपिट

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ३१५ पटक पढिएको

चन्दननाथ नगरपालिका वडा नं ८ मा नेपाली कांग्रेसबाट वडाअध्यक्षको उम्मेदवारी दिएका रुप बहादुर रोकायाले आफ्नो कार्यकर्तालाई कुटपिट गरेका छन्।

वडाध्यक्ष पदमा आफूलाई भोट नदिएको भनेर सोहि नगरपालिकाका कुमार बिक्रम शाही र कमल बोहोरालाई उनले कुटपिट गरेका हुन्। शाही रोकायाको कुटाइबाट घाइते भएका छन् र उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ल्याइएको छ।

उम्मेदवार रुप बहादुर रोकाया, उनका भाइ कृष्ण रोकाया, सोही वडाका वसन्त धराला, देवी धराला, बिर्ख रोकाया सहितका मानिसले आफुलाई सामूहिक रुपमा कुटपिट गरेको शाहीले बताएका छन्। पीडित शाहीले जिल्ला प्रहरी कार्यालयमा उजुरी पनि दिएका छन्।

उम्मेदवार रोकायाले उजुरीमा, फोन गरेर काम छ, घरमा छलफल गरौँला भन्दै घरभित्र थुनेर सामूहिक रुपमा कुटपिट गरेको उल्लेख गरेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित