पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले गर्दा चौतर्फी विरोध

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १०७ पटक पढिएको

नेपाल आयल निगमले गए रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाएपछि त्यसको चौतर्फी विरोध भइरहेको छ । संयुक्त विद्यार्थी संगठनले आइतबार काठमाडौंमा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर्न सरकारसँग माग गर्दै विरोध प्रदर्शन गरेको छ । प्रतिलिटर १० रुपैयाँका दरले पेट्रोल, डिजेल र मट्टितेलमा मूल्यवृद्धि गरेलगत्तै सो संगठनले नेपाल आयल निगमको केन्द्रीय कार्यालय टेकुमा पुगेर अविलम्ब खारेज गर्न सरकारसँग माग गर्दै विरोध प्रदर्शन गरेको हो ।

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलले जीवननै धान्न नसक्ने गरी मूल्यवृद्धि भएकाले तत्काल खारेज गर्न माग गर्दै विरोध प्रदर्शन गर्नुपरेको बताएका छन्। उनले सो मूल्यवृद्धि तत्काल खारेज नभए जन आन्दोलनको आँधीबेहरी सृजना गरी वर्तमान सरकारनै ध्वस्त पारिदिने चेतावनी समेत दिए ।

‘जनता मार्न पाईंदैन, मूल्यवृद्धि चाहिँदैन,’ ‘मूल्यवृद्धि तत्काल खारेज गर’ भन्दै विरोध प्रदर्शनमा उत्रिएकाहरुले सरकारविरुद्ध चर्का नाराबाजी लगाएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित