सात जिल्लाका केहि मतदानस्थलमा मतदान कार्य अवरुद्ध : निर्वाचन आयोग

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १११ पटक पढिएको

देशभर सात जिल्लाका विभिन्न मतदानस्थलमा मतदान कार्य अवरुद्ध भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सामान्य विवाद भएपछि मतदान कार्य अवरुद्ध भएको हो ।

मतदान कार्य अवरुद्ध हुनेमा दोलखा, रामेछाप, सर्लाही, सप्तरी, पर्वत, हुम्ला र बाजुरा गरी सात जिल्ला रहेको उनले जानकारी दिए । ती स्थानमा मतदान कार्य पुनः सुरु गर्ने प्रयास भइरहेको उनले जानकारी दिएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित