राष्ट्रपतिद्वारा श्रीलंकामा नयाँ प्रधानमन्त्रीमा विक्रमासिंघे नियुक्त

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ११२ पटक पढिएको

श्रीलङ्काका राष्ट्रपति गोटाबय राजपाक्षले युनाइटेड नेशनल पार्टी (युएनपी) का नेता रनिल विक्रमासिङ्घेलाई श्रीलंकाको नयाँ प्रधानमन्त्रीको रूपमा नियुक्त गरेका छन् । राष्ट्रपति राजपाक्षले गम्भीर आर्थिक सङ्कटलाई सम्बोधन गर्न नसकेको भन्दै भइरहेको विरोधलाई निरुत्साहित गर्ने प्रयासका रूपमा नयाँ प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

नयाँ प्रधानमन्त्री नियुक्त गरेसँगै वरिष्ठ विपक्षी सांसद रनिल विक्रमसिङ्गले प्रस्तावित संयुक्त सरकारको नेतृत्व गर्ने बिहीवार नै शपथ लिएका छन् । श्रीलंकामा महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट केही दिनमात्र अघि राजीनामा दिएका थिए । उनले गत वैशाख २६ गते आफ्ना भाइसमेत रहेका राष्ट्रपति गोटवाया राजापाक्षेलाई राजीनामा बुझाएका थिए ।

यसैबीच आर्थिक संकटका कारण हाल श्रीलंका खाद्यान्न, इन्धन र औषधिको समेत चर्को अभाव भएको छ । विविध कारणहरुले देश आर्थिक संकटमा फसेको छ । महिन्दा राजापाक्षेले सोमबार प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि पनि यसलगत्तै राजधानी कोलम्बोमा दंगा फैलिएको थियो । देशमा फैलिएको आन्दालेनका कारण हिंसामा परेर कम्तीमा ९ जनाको मृत्यु भइसकेको छ भने २०० जना घाइते भएका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित