मोरङमा काँग्रेस र एमाले कार्यकर्ताबीच झडप

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १२४ पटक पढिएको

नेकपा एमाले र नेपाली काँग्रेस कार्यकर्ताबीच मोरङको कानेपोखरी गाउँपालिकामा झडप भएको छ । बुधबार राति साढे १० बजे कानेपोखरी गाउँपालिका २ दलेली बजार नजिकै दुई पक्षबीच झडप भएको हो ।

दुवै समूह मध्यरातमा मतदातालाई प्रभावित पार्नका लागि दलेली बजार नजिक रहेको विपन्न बस्ती पुगेका र दुई समूहबीच जम्काभेट भएपछि झडप भएको प्रहरी स्रोतले बताएको छ । झडपमा युवासंघ मोरङका अध्यक्ष नवीन पौडेलको टाउकोमा चोट लागेर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय पथरीबाट पुगेको प्रहरी टोलीले घटना स्थलबाट एउटा मोटरसाइकल बरामद गरेको छ ।

घटनामा संलग्न रहेका मानिसको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय माेरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित