आजदेखि काभ्रेमा ४ दिनसम्म टिपर सञ्चालनमा रोक

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १९७ पटक पढिएको

काभ्रेपलाञ्चोक जिल्लाले शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई थप व्यवस्थित बनाउन चार दिनसम्म टिपर सञ्चालनमा रोक लगाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले बताए अनुसार जिल्ला प्रशासन कार्यालयले निर्वाचनलाई ध्यानमा राखेर आज बिहान ६ बजेदेखि आगामी जेठ १ गते राति १२ बजेसम्मका लागि राति सञ्चालन हुँदै आएको टिपर स्थानीय तह निर्वाचनलाई ध्यानमा राखी बन्द गर्ने निर्णय गरिएको बताएका छन् ।

त्यससँगै निर्वाचर्नलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष शान्तिपूर्ण, सुरक्षित र भयरहित बातावरणमा सम्पन्न गराउन निर्वाचन आयोगको निर्णयानुसार मतदानका दिन जिल्लाभर अत्यावश्यक सेवाबाहेकका अन्य सबै प्रकारका सवारीसाधन बन्द गरिने जनाइएको छ । निर्वाचनका बेला सुरक्षा व्यवस्थालाई ध्यानमा राखी यही वैशाख २६ गतेदेखि ३१ गतेसम्मका लागि मदिरा बिक्री वितरणमा जिल्ला प्रशासन कार्यालयले रोक लगाइसकेको छ ।

तोकिएको समयसम्म जिल्लाभर मादक पदार्थ बिक्री वितरण र उपभोगलाई पूर्णरूपमा निषेध गरिएको हो । जिल्लामा १३ वटा स्थानीय तहका १८९ मतदानस्थल ३८१ वटा मतदान केन्द्रबाट मतदाताले मतदान गर्दैछन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित