साताको पाँचौ दिन बिहीवार सुनको भाउमा सामान्य वृद्दि

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ११२ पटक पढिएको

आज साताको पाँचौ कारोबार दिन बिहीवार नेपाली बजारमा सुनको भाउमा सामान्य वृद्दि आएको छ । आज सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेको छ । सुनको मूल्य आज ८०० रुपैयाँले बढेर ९७ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बुधबार ९७ हजार रुपैयाँमा कारोबार भइरहेको सुन आज तोलामा ८०० ले बढेर तोलाको ९७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबारको तुलनामा बिहीवार तोलामा ८०० रुपैयाँको वृद्दि आएको हो ।

यस्तै, तेजाबी सुनको मूल्य प्रतितोलामा ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीवार सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि बढेको छ ।

बिहीवार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार २५० रुपैयाँ कायम भएको छ । हिजो तोलामा ३० रुपैयाँले घटेर चाँदी १ हजार २४५ रुपैयाँमा किनबेच भएको थियो । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित