परीक्षा नियन्त्रण कार्यालयद्वारा सम्पूर्ण सेवा वैशाख २८ र २९ गते बन्द गर्ने घोषणा
- वर्ल्ड दैनिक
- २ साल अघि
- २८५ पटक पढिएको
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले आफ्नो सम्पूर्ण सेवा वैशाख २८ र २९ गते बन्द हुने जनाएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मतदान केन्द्र कार्यलयमा राखिएको कारण दुई दिन सेवा बन्द गर्नु परेको कार्यालयले जनाएको छ ।
कार्यालयले आज एक सूचना प्रकाशित गरी उक्त खबर दिएको हो । सूचनामा ‘स्थानीय तहको निर्वाचनको मतदान प्रयोजनको लागि यस त्रि.वि. परीक्षा नियन्त्रण कार्यालयलाई मतदान केन्द्र तोकेको हुँदा मतदान केन्द्रको पूर्व तयारी एवं सुरक्षा व्यवस्थाका लागि २०७९ वैशाख २८ र २९ गते दुई दिन यस कार्यालयबाट सेवाग्राहीको लागि प्रवाह हुने सबै सेवाहरु बन्द गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ,’ भन्दै उक्त उल्लेख गरिएको थियो।
प्रतिक्रिया दिनुहोस