उदयपुरमा १५ बर्षीय किशोरी बलात्कृत

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ३३९ पटक पढिएको

उदयपुरमा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । प्रहरीले जबरजस्ती करणी गरेको अभियोगमा बेलका नगरपालिका-६ बस्ने २६ वर्षीय गणेश राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

किशोरीको घरमा कोही नभएको अवस्थामा राईले वैंशाख ७ गते साँझ जवरजस्ती करणी गरेको प्रहरीले जनाएको छ। उक्त जाहेरी दरखास्त ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा दिएपश्चात तत्काल खटिएको प्रहरीले उनलाई सोही नगरपालिका-६ फक्टपुरबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित