मलेसियामा कोरोना संक्रमण दर पुनः बढ्दै
- वर्ल्ड दैनिक
- २ साल अघि
- २०२ पटक पढिएको
मलेसियामा पछिल्लो २४ घन्टामा २ हजार जना भन्दा बढी कोरोना भाइरसका संक्रमित भेटिएका छन् । अधिकारीहरुका अनुसार यहाँ गएको २४ घन्टामा २ हजार १५३ जना कोरोना संक्रमित भेटिएका हुन् । त्यहाँ आज ४ जनाको ज्यान गएको छ ।

अहिलेसम्म मलेसियामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ हजार ५८३ पुगेको बताइएको छ । त्यसैगरी अहिलेसम्म ४४ लाखभन्दा बढी संक्रमित भएका पनि पाइएको छ । अहिले पनि २६ हजार जनाभन्दा बढी सक्रिय संक्रमितहरु रहेको पाइएको छ । तीमध्ये थोरै मात्र संक्रमितहरुमा यो भाइरसको असर देखिएको मलेसियाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस