नयाँ प्रतिबन्धको घोषणा गरेसँगै बाइडन र जेलेन्स्कीका श्रीमतीबीच भेट
- वर्ल्ड दैनिक
- २ साल अघि
- १२० पटक पढिएको
अमेरिकी र युक्रेनी राष्ट्रपतिका पत्नीबीच युक्रेनमा भेटघाट भएको छ । वासिङ्टनले मस्कोमाथि थप प्रतिबन्ध लगाउने घोषणा गरेसँगै बाइडेनले ओलेना जेलेन्स्कासँग युक्रेनमा भेटवार्ता गरेकी हुन् ।
दुईजना बीच सीमावर्ती शहर उज्होरोडको एक विद्यालयमा भेट भएको थियो । २४ फेब्रुअरीमा युक्रेनमा रुसी आक्रमण सुरु भएयता श्रीमती जेलेन्स्का सार्वजनिक रूपमा पहिलो पल्ट देखा परेकी हुन् ।
दुई महिला बीचको भेट भएको विद्यालयमा हाल विस्थापितहरूको लागि अस्थायी आश्रयको रूपमा प्रयोग भइरहेको छ । उक्त महिलाहरुले त्यहाँ बसोबास गरेका विस्थापित दर्जनौं बच्चाहरूमध्ये केहीसँग टिस्यु पेपर भालु बनाएर रमाइलो समेत गरे । बीबीसी
प्रतिक्रिया दिनुहोस