उत्तर कोरियाद्वारा फेरि ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १७३ पटक पढिएको

उत्तर कोरियाले शनिबार एक ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले बताएको छ । उत्तर कोरियाले पनडुब्बीबाट प्रक्षेपण गरिएको ब्यालेस्टिक मिसाइल (SLBM) सिन्पो नजिकैबाट शनिबार साँझ ०५०७ GMT मा आफ्नो पूर्वी तटमा रहेको समुद्रमा प्रहार गरेको दक्षिण कोरियाली सेनाको संयुक्त चिफ अफ स्टाफले जनाएको छ ।

उत्तर कोरियाले आफ्ना आणविक गतिविधिलाई तीब्र पार्ने चेतावनी दिँदै आएको छ । ‘उत्तर कोरियाले पूर्वी सागरमा कम्तीमा एउटा क्षेप्यास्त्र प्रहार गरेको छ’, सियोलका संयुक्त चिफ अफ स्टाफले भने । जापानको तटीय गार्डले उत्तर कोरियाले प्रहार गरेको हतियार व्यालिस्टिक मिसाइल हुन सक्ने भन्दै आफ्ना जहाजलाई सचेत हुन चेतावनी दिएको छ । यो प्रक्षेपण सम्भवतः आणविक हतियार सम्पन्न देशको यो वर्ष अहिलेसम्मको १५ औं हतियार परीक्षण हो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित