भारतमा एकै दिन साढे तीन हजारभन्दा बढी नयाँ संक्रमित फेला

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ३१९ पटक पढिएको

पछिल्लो समयमा भारतमा कोरोना संक्रमण हुने दर लगातार बढिरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका साढे तीन हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् ।

स्वास्थ्य मन्त्रालले दिएको जानकारी अनुसार ३ हजार ५४५ जना कोरोनाका थप नयाँ संक्रमित भेटिएका छन् भने २७ जनाको मृत्यु भएको छ । पछिल्लो एक दिनमा ३ हजार ५४९ जना कोरोना संक्रमणमुक्त भएका छन् । कोरोनाका कारण हालसम्म भरातमा ५ लाख २४ हजार ४ जनाले ज्यान गुमाइसकेका छन् । त्यसतै सक्रिय संक्रमितको संख्या १९,६८८ रहेको छ ।

भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या ४,३०,९४,९३८ जना पुगेको छ भने हालसम्म ४,२५,५१,२५८ जना सफलतापूर्वक निको भएर अस्पतालबाट डिस्चार्ज भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार बिहान जानकारी दिएको छ ।  

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित