इ–कमर्स कम्पनी अमेजनले गर्भपतनलगायत उपचारको यात्रा खर्च व्यहोर्ने
- वर्ल्ड दैनिक
- २ साल अघि
- ८९ पटक पढिएको
इ–कमर्स कम्पनी अमेजनले अमेरिकामा आफ्ना कर्मचारीको स्वैच्छिक गर्भपतनलगायत विभिन्न उपचारका क्रममा गरेको यात्रा खर्च व्यहोर्ने भएको छ । अमेजनले आफ्ना कर्मचारीहरूलाई उपलब्ध उपचारका लागि टाढा-टाढाका अस्पतालहरूमा जानु पर्ने कर्मचारीहरूलाई वार्षिक ४,००० सम्म यात्रा खर्च उपलब्ध गराउने भएको हो ।

उक्त खबर आफ्ना कर्मचारीहरूलाई पठाएको सन्देश मार्फत प्राप्त भएको छ । संयुक्त राज्य अमेरिकामा गर्भपतन र प्रतिबन्धको बारेमा बढ्दो चिन्ताको बीचमा अमेजनको यस्तो घोषणा आएको हो । अमेजनसँगै, धेरै अन्य अमेरिकी कम्पनीहरूले पनि कर्मचारीहरूको लागि स्वैच्छिक गर्भपतन सुविधाको लागि समान योजनाहरू लिएर आउँदैछन् ।
गर्भपतन सहित उपचारको लागि यात्रा खर्च कभर गर्ने अमेजनको निर्णय जनवरी १ देखि लागू हुने भएको छ। स्वैच्छिक गर्भपतन, क्यान्सर, जन्मेको एक महिनाभित्र बच्चामा हुने वंशाणुगत समस्या, मानसिक समस्याको उपचार र मोटोपना घटाउनका लागि यात्रा खर्च उपलब्ध गराइने अमेजनको योजना रहेको छ ।