राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरले हेटौँडामा चुनावी सभा गर्ने

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १७१ पटक पढिएको

बैशाख २५ मा राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरले हेटौँडामा चुनावी सभा गर्ने जनाएको छ । स्थानीय तहको आसन्न निर्वाचनको प्रचार प्रसारको लागि राप्रपाले २५ बैशाखमा आमसभा गर्न लागेको हो ।

पार्टी केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले सभालाई सम्बोधन गर्ने तयारी भएको राप्रपा मकवानपुर प्रवक्ता विशभ अधिकारीले जानकारी दिए । 

उनले अध्यक्ष लिङ्देनले उम्मेदवारहरू र कार्यकर्ताको हौसला बढाउनको लागि आमसभा गर्न लागेको बताए । राप्रपा मकवानपुरका अनुसार आमसभामा पार्टी प्रवेश कार्यक्रम समेत रहेको  छ ।

राप्रपाका तर्फबाट हेटौंडा उपमहानगरपालिकाका मेयरका उम्मेदवार दीपकबहादुर सिंहले मकवानपुरमा आफ्नो पार्टीको जित सुनिश्चित भए पनि कार्यकर्ताको माग सम्बोधन गर्न अध्यक्ष लिङ्देनलाई महासभामा बोलाइएको बताए ।

प्रवक्ता अधिकारीले आमसभामा राप्रपाका केन्द्रीय नेताहरु,प्रदेश नेताहरु तथा जिल्ला नेता तथा कार्यकर्ताको उपस्थिती रहने बताएका छन्।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित