जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
- वर्ल्ड दैनिक
- २ साल अघि
- ४४३ पटक पढिएको
काठमाडौं, कैलाली, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा टिकापुर नगरपालिका-१ नयाँबस्ती बस्ने ३० वर्षीय दिपेन्द्र साउदलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
साउदले ती किशोरीलाई गत सोमबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै, उदयपुर, १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका-३ बस्ने खोटाङ दिप्रुङचुईचुम्मा घर भएका २८ वर्षीय राजन राउतलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
राउतले ती किशोरीलाई मंगलबार राति त्रियुगा नगरपालिका-३ त्रियुगा बसपार्कमा जवरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । नेपाल प्रहरी