नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २७६ पटक पढिएको

पाल्पामा स्थानीय तहको चुनाव प्रचारको क्रममा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । नेकपा एमालेका जिल्ला अध्यक्ष विष्णुप्रसाद रेग्मीले विज्ञप्ति निकालेर कालीगण्डकी करिडोर सडकमा दिउँसो ३ः३० बजेतिर कांग्रेसको झण्डा सहितका १ सय २० जना जतिको समूह आएर चुनाव प्रचार गरिएकामाथि कुटपिट गरेको दाबी गरेका छन् ।

यसको दोष दुवै पार्टीले एकअर्कालाई लगाएका छन् । उता नेपाली कांग्रेसका रामपुर नगरपालिका सभापति नेत्रप्रसाद भट्टराईले पनि विज्ञप्ति जारी गर्दै बिहान ८ बजे एमालेका वडा नं १० का वडा अध्यक्ष पदका उमेदवारका छोरा भारतीय सेनामा कार्यरत सन्दिप नाथको नेतृत्वको समूहले नेपाली कांग्रेसका कार्यकर्ताहरुमाथि सांघातिक हमला गरेको दाबी गरेका छन् ।

साथै दुबै दलले कुटपिटपछि भएको भौतिक र मानवीय क्षतिको क्षतिपूर्ती भराउन माग गरेका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित