मोटरसाइकल चोरीको अभियोगमा पक्राउ
- वर्ल्ड दैनिक
- २ साल अघि
- १२२ पटक पढिएको
पर्सा, वीरगञ्ज महानगरपालिका-५ कुम्हाल टोल बस्ने ६२ वर्षीय हिमाल गौतमको ना.६४ प ९६०० नम्बरको मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका-१० रानीघाट ठेगाना भएका १८ वर्षीय किशोर र रौतहट राजदेवी नगरपालिका-७ ठेगाना भएका १८ वर्षीय किशोर रहेका छन् । आफ्नै घर अगाडि पार्किङ गरी राखिएको अवस्थामा उक्त मोटरसाइकल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट शिवपार्वतीबाट खटिएको प्रहरीले उनीहरूलाई मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
उनीहरू उपर चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको छ । नेपाल प्रहरी
प्रतिक्रिया दिनुहोस