मेम्फिस डीपे र सर्जियो बुस्केट्सको गोलमा बार्सिलोनाको जित

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २४१ पटक पढिएको

बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा मालोर्कामाथी जित निकालेको छ । मालोर्कालाई बार्सिलोनाले आइतबार राति भएको खेलमा २-१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलामा बार्सिलोनालाई जित दिलाउन मेम्फिस डीपे र सर्जियो बुस्केट्सले एक एक गोल गरेका हुन् ।

मालोर्काका लागि एन्टोनियो जोसेले एक गोल फर्काएका थिए ।

बार्सिलोनालाई मेम्फिसले खेलको २५ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । दोस्रो हाफको ५४ औं मिनेटमा बार्सिलोनालाई सर्जियोले गोल गर्दै  २-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ७९ औं मिनेटमा मालोर्काका एन्टोनियोले एक गोल फर्काएपनि जित भने निकाल्न सकेन । जितसँगै दोस्रो स्थानमा उक्लिएको बार्सिलोनाले ३४ खेलबाट ६६ अंक जोडेको छ ।

त्यस्तै, मालोर्का ३२ अंक सहित १६ औं स्थानमा छ । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित