मन्त्रिपरिषदको बैठकद्वारा धीरजप्रताप सिंह प्रहरी महानिरीक्षकमा नियुक्त

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ३१४ पटक पढिएको

नेपाल सरकारले नेपाल प्रहरीको २९ औं प्रहरी महानिरीक्षक (आईजिपी) मा धीरजप्रताप सिंहलाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (आईजिपी)मा धीरजप्रताप सिंहलाई बढुवा गरेको हो ।

गृह मन्त्रालयको सिफारिसबाट नियुक्त भएका सिंह भोलिबाट कार्यभार सम्हाल्ने भएका छ न्। प्रहरीमा आइजिपीका विश्वराज पोखरेल, सहकुल थापा, धिरजप्रताप सिंह र रवीन्द्र धानुकसहित ४ जना दाबेदार रहेका थिए ।

यता पुर्व प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री भने ३० वर्षे सेवाअवधि पुरा गरी भोलिदेखि अनिवार्य अवकाशमा जाँदैछन् । २०४९ वैशाख १८ मा सेवा प्रवेश गरेका पुर्व प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीसहित उच्च प्रहरी अधिकारीहरू भोलिदेखि अनिवार्य अवकाशमा जाने भएका हुन् ।

 

""यसैबीच सरकारले धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेसँगै दुई सिनियर प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ले अदालत जाने तयारी गरेका छन् । सिंह प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा भएपछि एआईजी विश्वराज पोखरेल र सहकुलबहादुर थापाले त्यसविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता गर्नेबारे छलफल थालेका हुन् ।

पोखरेल र थापा एआईजी बनेको एक वर्षपछि सिंह एआईजीमा नियुक्त भएका कारण वरिष्ठता र कार्यसम्पादनका आधारमा आफू महानिरीक्षक हुनुपर्ने माग गर्दै अदालत जाने तयारी गरेका पोखरेलनिकट स्रोतले जनाएका छन् । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित