ईलाममा ३ दिन देखि हराएकी महिलाको शव फेला

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १६६ पटक पढिएको

ईलाम नगरपालिका–८ सिङफ्रिङमा विगत ३ दिन देखि हराएकी महिलाको शव फेला परेको छ । बेपता भएकी अन्दाजी ३१ वर्षीय बिनिता काफ्लेको शव गाडेको अवस्थामा शनिबार फेला परेको  जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

महिला हराएपछि आफन्त र स्थानीयले खोजी गर्दा टारको अम्ब्लिसो घारीमा खनेको ठाउँ देखेपछि प्रहरीलाई खबर गरेका थिए । इलामका प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठका अनुसार खनेको ठाउँ खोतालेर हेर्दा शव माटोले छोपिएर पुरेको अवस्थामा र शरीरको टाउको र दुई ओटा हात काटेर गाडिएको थियो ।

हत्या गरेर शव पुरेको आशंका गरिएको प्रहरीले जनाएको छ । परिवारले  बिनिताको श्रीमानको दुई वर्षअघि विदेशमा मृत्यु भएको र उनको ४ वर्षीया छोरी पनि रहेको जानकारी दिएका छन् । इलामका प्रहरी प्रमुख श्रेष्ठले घटना बारे थप अनुसन्धान भईरहेको बताएका छन् । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित