आज साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन पाउने : निर्वाचन आयोग

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ३२३ पटक पढिएको

निर्वाचन आयोगले आज अपरान्ह ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन चाहनेहरूले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने बताएको छ । केही कारणले उम्मेदवारी फिर्ता लिन चाहे मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत कार्यालय पुगेर उम्मेदवारी फिर्ता लिन सक्ने आयोगले जानकारी दिएको छ । आयोगले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेपछि उक्त जानकारी दिएको हो ।

 

""

 

यसैगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार अपिल जारी गर्दै पार्टीका आधिकारिक उम्मेदवारबाहेक पार्टीकै कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दिएको भए फिर्ता लिन अपिल गरेका छन् । आउँदो वैशाख ३० मा हुने स्थानीय चुनावका लागि सत्तागठबन्धनले चुनावी तालमेल गरेको विरोधमा कांग्रेस कार्यकर्ताले चितवनलगायत ठाउँमा बागी उम्मेदवारी दिएकाहरुलाई उनले निर्वाचन आयोगले दिएको समयभित्रै उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन् ।

गठबन्धन गरिएका स्थानीय तह वा कांग्रेसले एकल उम्मेदवारी दिएका स्थानीय तहमा बागी उम्मेदवारी दिएकालाई फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन देउवाले आग्रह गरेका छन् । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित