संगठित रुपमा सुन तस्करी; ३ कर्मचारी सहित ५ जना पक्राउ

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १२५ पटक पढिएको

संगठित रुपमा पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत सुन तस्करी हुन थालेको छ । साढे ३३ किलो सुन तस्करी प्रकरणको छानबिनका लागि उच्च स्तरीय समिति बनाएर अनुसन्धान गरेयता संगठित रुपमा सुन तस्करी भएको भटिएको थिएन ।

हालै तस्करीको २ किलो ३५० ग्राम सुनसहित ५ जनालाई पक्राउ गरेपछि तस्करहरुले संगठित रुपमा सुन तस्करी गर्ने प्रयास गरिरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले चाल पाएको छ । विमानस्थल प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकाल भन्छन्, ‘विमानको शौचालयमा लुकाएर सुन तस्करी गर्न खोजेको पाइएपछि तीन जना कर्मचारीसहित पाँच जना पक्राउ परेका छन् ।’

एसएसपी ढकालका अनुसार पक्राउ पर्नेमा हिमालय एयरलाइन्सको विमान सफा गर्ने कर्मचारी सुमन तामाङ, भीम अवाले र सुपरभाइजर तारकान्त चौधरी विमान सफा गर्ने सुनगाभा कम्पनीका कर्मचारी रहेका छन् । चेकजाँचका क्रममा उनीहरुले हिमालय एयलाइन्सको विमानमा शौचालयमा लुकाइएको सुन पास गराउन खोजेको अवस्थामा पक्राउमा परको बताएका छन् ।

यसबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।  

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित