कर्णाली प्रदेशका डीआईजी आइतबारबाट अवकाशमा जाँदै

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २११ पटक पढिएको

कर्णालीमा कार्यरत प्रहरी नायव महानिरीक्षक (डीआईजी) गणेशबहादुर ऐर आइतबारबाट अवकाशमा जाँदै छन् । ३० वर्षे सेवा अवधि पुरा गरेर वैशाख १८ मा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीसँगै उनी अवकाशमा जान लागेका हुन् । आइतबार अवकाशमा जाने उच्च प्रहरी अधिकारीहरुलाई विदाई कार्यक्रम नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा राखिएको छ ।

साथै बिहीबार कर्णाली प्रदेश प्रहरी कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेशनाथ बास्तोलाको सरुवा गरेको छ । गृह मन्त्रालयका एकजना उच्च अधिकृतले बताए अनुसार स्थानीय तह निर्वाचनको नजिकिँदै गरेको अवस्थामा गृहमन्त्री बालकृष्ण खाणले बिहीबार बास्तोलालाई कर्णाली प्रदेशमा सरुवा गर्ने निर्णय गरेका हुन् ।

साथै प्रदेशमा खटिने डीआईजी नभएको हुनाले वरिष्ठ उपरीक्षकलाई निर्वाचन अघि कर्णालीको सुरक्षा जिम्मेवारी दिइएको बताएका छन् ।  

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित