शुक्रबार नेपाली बजारमा सुनको भाउ बढ्यो

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ५२० पटक पढिएको

आज साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ बढेको छ। आज सुनको मूल्य तोलामा १२०० रुपैयाँ बढेको छ । सुनको मूल्य आज १२०० रुपैयाँले बढेर ९९ हजार २०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार ९८ हजार रुपैयाँमा कारोबार भइरहेको सुन आज तोलामा १२०० ले बढेर तोलाको ९९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबारको तुलनामा शुक्रबार तोलामा १२०० रुपैयाँको वृद्दि आएको हो ।

यस्तै, तेजाबी सुनको मूल्य प्रतितोलामा ९८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुनको मूल्य बढे तापनि चाँदीको मूल्यमा भने स्थिरता छाएको छ ।

शुक्रबार चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ३२० रुपैयाँ कायम भएको छ। हिजो तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार ३२० रुपैयाँमा किनबेच भएको थियो। 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित