भारतमा कोरोनाभाइरसका नयाँ संक्रमितमा पुनः तीब्रता
- वर्ल्ड दैनिक
- २ साल अघि
- ३६८ पटक पढिएको
पछिल्लो समयमा भारतमा कोरोना संक्रमण हुने दर लगातार बढिरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३ हजार ३०३ जना थप नयाँ संक्रमित फेला परेका छन् भने ३९ जनाको मृत्यु भएको छ ।
त्यस्तै थप २ हजार ५६३ कोरोना संक्रमणमुक्त भएका छन् । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या क्रमशः बढिरहेको छ ।
स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार अहिले भारतमा सक्रिय संक्रमितको संख्या १६ हजार ९८० भईसकेको छ । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ लाख २३ हजार ६९३ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस