गृहमन्त्री खाँण उम्मेदवार पौडेलको निवास पुगे
- वर्ल्ड दैनिक
- २ साल अघि
- २६९ पटक पढिएको
भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई भेट्न नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाँणलाई भेट्न उनकै निवास पुगेका छन् । गठबन्धनका साझा उम्मेदवारविरुद्ध भरतपुरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई फकाउन गृहमन्त्री बालकुष्ण खाँण चितवन पुगेका हुन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले जिल्लाका नेताहरुलाई भेटेर छलफल गर्न खाँणलाई बुधबार चितवन पठाएका थिए । छलफल सकिए पछि बिहिबार बिहान पौडेललाई भेट्न खाँण उनकै निवासमा पुगेका हुन् ।
त्यसअघि राज्यमन्त्री उमेश श्रेष्ठ पनि बागी उम्मेदवार पौडेललाई भेट्न पुगेका थिए । तर पौडेलले भने उम्मेदवारी फिर्ता नलिने अडान लिएका छन् ।
प्रतिक्रिया दिनुहोस