अन्य देशलाई युक्रेन युद्धमा हस्तक्षेप नगर्न पुटिनको चेतावनी

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ३०३ पटक पढिएको

युक्रेन युद्धमा हस्तक्षेप गर्न खोज्ने कुनै पनि देशले ‘बिजुलीको गतिमा’ प्रतिक्रियाको सामना गर्नुपर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिएका छन्। "हामीसँग सबै खाले उपकरण छन्, त्यसैले कसैले घमण्ड गर्न गर्नुपर्दैन… आवश्यक भएमा हामी तिनीहरूको प्रयोग गर्नेछौँ," उनले भने।

उनको उक्त भनाइलाई बलिस्टिक क्षेप्यास्त्र र आणविक हतियारहरूसँग जोडेर हेर्न सकिने बताइएको छ। युक्रेनका सहयोगी देशहरूले हतियारको आपूर्ति बढाएका बेला पुटिनको यस्तो चेतावनी आएको हो।

यसैबीच युरोपेली आयोगले रुसले पोल्याण्ड र बल्गेरियामा ग्यास निर्यात बन्द गरेर मोलमोलाइ गरेको आरोप लगाएको छ। रुसी रुबलमा भुक्तानी दिन अस्वीकार गरेपछि रुसी ग्यास कम्पनी ग्याजप्रोमले पोल्यान्ड र बल्गेरियामा ग्यास आपूर्ति बन्द गरेको हो।

रुसी राष्ट्रपति पुटिनले पश्चिमा प्रतिबन्धका कारण अवमूल्यन भएको आफ्नो देशको मुद्रालाई बचाउनका लागि मार्च महिनामा रुसी ऊर्जाको कारोबार रुबलमा गर्नुपर्ने बताएका थिए। बीबीसी 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित