आगलागीमा परि एक वृद्दको मृत्यु
- वर्ल्ड दैनिक
- २ साल अघि
- १२५ पटक पढिएको
बाजुराको खप्तड छेडेदह गाउँपालिका-२ ओटेखेतमा आगलागी भएको छ । ओटेखेत बस्ने ७५ वर्षीया तुले देवी बुढाको घर र गोठमा मंगलबार राति आगलागी हुँदा सोही आगलागीमा जलेर तुले देवी बुढाको घटनास्थलमै मृत्यु भएको छ ।

आगलागीबाट घर र गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ । आगलागी भएको कारणको अनुसन्धान भईरहेको बाजुरा प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस