बुटवलमा उम्मेदवारविरुद्ध उजुरी
- वर्ल्ड दैनिक
- २ साल अघि
- २०४ पटक पढिएको
आउँदो वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि दर्ता गरेका बुटवल वडा नं. २ का वडाअध्यक्षका उम्मेदवार रमेश नेपालसहित ९ जना विरुद्ध मुद्धा दर्ता भएको छ । अघिल्लो पटकको चुनाबमा एमालेबाट नेपाल वडाअध्यक्ष निर्वाचित भएका थिए ।

उनि विरुद्ध २०७६ साल भदौ २१ गते नेपालले आत्महत्या गर्ने प्रयास गरेर अपराध गरेको तथा अख्तियारमा मुद्दा रहेको भन्दै उनीमाथि उजुरी परेको हो । निर्वाचन कार्यालय रुपन्देहीका अनुसार स्थानीय तह निर्वाचन ऐन २०७३ मा उलेख गरे अनुसार आत्महत्या गर्नु एक अपराद सरह हुने भन्दै नेपालविरुद्ध उजुरी परेको बताएका छन् साथै उनि संगै पाँच जना वडाअध्यक्ष उम्मेदवारविरुद्ध पनि उजुरी परेको श्रोतले बताएका छन् ।
नेपाली कांग्रेसबाट बुटवल ११ को वडाअध्यक्षमा उम्मेदवारी दिएका जीतबहादुर मल्ल प्रगतिनगर खानेपानी तथा सरसफाइ संस्था तथा विद्युत सहकारी संस्थामा अध्यक्ष भएको भन्दै उजुरी परेको हो । यसैगरी कांग्रेसबाटै वडा न. ४ मा उम्मेदवारी दिएका नरिश्वर शर्माविरुद्ध टोल विकास संस्थाको अध्यक्ष भएको भन्दै उजुरी परेको छ ।
त्यसैगरी अन्य वडाअध्यक्ष र सदस्यहरुलाई टोल समिति, बस्ती विकास समितिमा रहेको र आर्थिक दुरुपयोग गरेको भन्दै उजुरी परेको छ।