आज १० जना मात्रै संक्रमित थपिए, मृत्यु शून्य
- वर्ल्ड दैनिक
- २ साल अघि
- २१८ पटक पढिएको
नेपालमा कोरोना संक्रमण दर घट्दै गएको छ। पछिल्लो २४ घण्टामा थप १८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १० जना मात्रै नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ५ हजार २ सय २६ जनाको कोभिड परीक्षण गर्दा सो व्यक्तिहरुलाई संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, सोहि अवधिमा कोरोनाका कारण आज मृत्यु हुनेको संख्या शुन्य रहेको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या २६१ रहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ पुगेको छ ।
अहिले कोरोना संक्रमणबाट मुक्त्त हुने दर ९८.८% रहेको छ ।
प्रतिक्रिया दिनुहोस