चुनाव लड्न एसएसपीबाट राजीनामा दिएका शाहले पाएनन् टिकट

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १७८ पटक पढिएको

धनुषाको विदेह नगरपालिकाको नेपाली काँग्रेस तर्फ़ बाट मेयरमा चुनाव लड्न प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) पदबाट राजीनामा दिएका गोविन्द शाहले टिकट पाएनन् । चुनाबका लागि पदबाट राजिनामा दिएका उनलाई कांग्रेसले भने टिकट नदिने भएको छ ।

टिकट नदिने भएपछि उनले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । "स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दर्ता गराउँछु जनाधार नभएको व्यक्तिलाई टिकट दिने निर्णय भएको छ, त्यसैले मेरो जित सुनिश्चित छ" उनले भने । मेयर पदका लागि शाह योगेन्द्र यादवको नाम सिफारिस भएको थियो जसमा काँग्रेसले योगेन्द्र यादवलाई मेयरको टिकट दिने निर्णय गरेको हो ।

उनले २०४९ चैतमा इन्स्पेक्टरबाट शाह प्रहरीमा प्रवेश गरेका थिए । एसएसपी साहले दिएको राजीनामा गत फागुन १० गते स्वीकृत भएको थियो । आफ्नु २९ वर्ष सेवा अवधि पुरा गरेर उनी राजनीतिको मैदानमा गएका हुन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित