एकीकृत समाजवादीले महानगर र उपमहानगरका उम्मेदवार टुंगो लगायो
- वर्ल्ड दैनिक
- २ साल अघि
- ४०६ पटक पढिएको
नेकपा (एकीकृत समाजवादी) ले विभिन्न महानगर र उपमहानगरपालिकाका मेयर र उपमेयरका लागि उम्मेदवार टुंगो लगाएको छ । सोमबार बिहान बसेको केन्द्रीय सचिवालयको २३ औँ बैठकले वैशाख ३ गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको नाम टुंगो लगाएको हो ।

महासचिव डा. बेदुराम भुसालका अनुसार गठबन्धनमा भागबण्डा परेका क्षेत्रहरुमा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, हेटौडा उपमहानगरपालिका प्रमुखमा मिना लामा, काठमाडौँ महानगरपालिका उपप्रमुखमा रामेश्वर श्रेष्ठ रहेका छन् ।
त्यस्तै इटहरी उपमहानगरपालिका उपप्रमुखमा केशवकुमार विष्ट, बुटवल उपमहानगरपालिका उपप्रमुख चिनबहादुर गुरुङ, तुल्सीपुर उपमहानगरपालिका उपप्रमुख जोगबहादुर राना मगरलाई उम्मेदवार बनाएको जानकारी दिएका छन् । भुसालले बताए अनुसार उनका पार्टीका उम्मेदवार सबैले पार्टीको चुनाव चिन्ह अर्थात ‘कलम चिन्ह’ लिने बताएका छन् ।
पाँच दलीय गठबन्धनभित्रका दलहरुबिच तालमेलको सहमति भएका स्थानमा सहमति अनुसारको उम्मेदवारी मात्र दिने र तालमेल नभएका सबै स्थानमा पार्टीको तर्फबाट उम्मेदवारी दिने निर्णय भएको उनले बताए । सत्ता गठबन्धनपछि स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरमा चुनावी तालमेल मिलेको छ ।