जुवा खेलिरहेको अवस्थामा ७ जना पक्राउ

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २६१ पटक पढिएको

मोरङ, ग्रामधान गाउँपालिका-४ कटहरामा जुवा खेलिरहेको अवस्थामा ग्रामथान गाउँपालिका-५ बस्ने ५४ वर्षीय रूपेश कुमार तामाङ समेत ७ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ ।

उक्त स्थानमा जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६ लाख ४१ हजार ३ सय १५ रुपैयाँ र कौडा सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । नेपाल प्रहरी 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित