मञ्जुदेवी गुरुङले उपमेयारको उम्मेदवारी गरिन् अस्वीकार

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २९२ पटक पढिएको

नेकपा एमालेकी मञ्जुदेवी गुरुङले उपमेयार को उम्मेदवारी अस्वीकार गरकी छन् । उनलाई पार्टीले पोखरा महानगरपालिकाको उपमेयर तय गरेको थियो । गुरुङलाई चुनावमा उठ्ने चाहना नभएको उनका प्रेस संयोजक एकराज गिरीले बताएका छन् । 

नेकपा एमाले पोखराले मेयरमा १२ जना र उपमेयरमा ११ जनाको नाम सिफारिस गरेको थियो ।

तर, त्यसमा गुरुङको नाम कतै थिएन । महानगरीय समितिका अध्यक्ष दिलीप न्यौपानेले भने, ‘हामी उहाँको निर्वाचन होस् भन्ने चाहँदैनौं । एमाले केन्द्रीय सचिवालयले पोखराको मेयरमा दीपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

पेसाले पौडेल शिक्षक हुन् । गुरुङ पार्टीको केन्द्रीय सदस्य र पौडेल प्रदेश सचिवालय सदस्य हुन् । गत निर्वाचनमा गुरुङ नेपाली कांग्रेसकी सरस्वती गुरुङलाई पराजित गर्दै उपमेयरमा निर्वाचित भएकी थिइन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित