चीनको सांघाईमा कोभिडबाट थप ११ जनाको मृत्यु

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ९९ पटक पढिएको

चीनमा पछिल्लो समयमा कोरोना भाइरसका संक्रमितको संख्या बढ्न थालेको छ । केही दिनयता संक्रमित व्यक्तिको संख्या बढ्न थालेको  त्यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीले बताएका छन् ।

कोभिड–१९ बाट चीनको सांघाईमा थप १२ जनाको मृत्यु भएको छ । कोभिड संक्रमणको चपेटामा परेको सांघाईमा पछिल्लो साता दिनहुँ जसो संक्रमणका कारण मृत्यु भएको छ । यसअघि ११ जना संक्रमितको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो ।

शुक्रबार सांघाईमा २० हजार ६३४ जना नयाँ संक्रमित भेटिएका थिए ।  पछिल्लो पटक कोभिडबाट मृत्यु भएका व्यक्तिहरु बृद्धबृद्धा रहेको चीन सरकारले जनाएको छ । उनीहरूमा  स्वास्थ्यसम्बन्धी दीर्घकालीन समस्या रहेको पनि जनाइएको छ ।

त्यस्तै उनीहरू कसैले पनि कोभिड खोप नलगाएको सरकारले दाबी गरेको छ । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित