संयुक्त राष्ट्रसङ्घका महासचिव रुस र युक्रेन जाने

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १६१ पटक पढिएको

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेर्रेस रुस र युक्रेन जाने भएका छन् । महासचिव गुटेर्रेस युद्ध अन्त्यका लागि वार्ता गर्न अप्रिल २६ मा रुस जाने र २८ मा युक्रेन जाने तय भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

उनलाई दुबै देशमा राष्ट्रपतिले स्वागत गर्ने जनाइएको छ । उनले राष्ट्रपति भ्लादिमिर पुटिन र विदेश मन्त्री सेर्गेइ लाभ्रोभलाई भेटेर युक्रेनमाथिको आक्रमण रोक्न आग्रह गर्ने भएका छन् । दुवै जनासँग एकै दिन भेटवार्ता हुने पनि उनले स्पष्ट पारे ।

त्यसपछि उनी युक्रेन पुगेर त्यहाँका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्नेछन् ।  उनले शान्ति प्रक्रिया अगाडि बढाउन दुवै देशका उच्च अधिकारीहरूलाई अनुरोध गरी वार्तामार्फत विवाद अन्त्य गर्न पहल गर्ने भएका छन् । युक्रेनमा उनले राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीलाई र विदेश मन्त्री दिमित्रो कुलेबालाई भेट्ने कार्यक्रम रहेको छ । -बीबीसी 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित