नेपाली काँग्रेसको कार्यसम्पादन समिति बैठक फेरि सर्यो
- वर्ल्ड दैनिक
- २ साल अघि
- २६६ पटक पढिएको
नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक फेरि सरेको छ । स्थानीय तह निर्वाचनमा महानगरपालिका प्रमुख र उपप्रमुखका उम्मेदवार चयनका लागि बोलाइएको बैठक दिउँसो ३ बजेलाई सारिएको छ ।

काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार शनिबार बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो ३ बजेलाई सारिएको हो । उनका अनुसार अहिले पार्टीका शीर्ष नेताहरूबीच बालुवाटारमा अनौपचारिक छलफल भइरहेको छ ।
शुक्रबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक आज ११ बजेका लागि सारिएको थियो । सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीबीच मेयर उपमेयरबारे बालुवाटारमा सहमति गरेर सानेपा जान चाहेपछि बैठक सरेको बुझिएको छ । सहमतिको खोजीमा शुक्रबार रातिसम्म बालुवाटारमा छलफल भएको थियो । उक्त छलफलमा सहमति हुन नसकेपछि अहिले छलफल भईरहेको छ ।
प्रतिक्रिया दिनुहोस