रोकेर राखिएको जिपमा मोटरसाइकल ठोकिँदा चालकको मृत्यु

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १९१ पटक पढिएको

बिहीबार राति काठमाडौंको पेप्सिकोलामा रोकेर राखिएको जिपमा मोटरसाइकल ठोकिँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक कालिकोट घर भई कोटेश्वरमा बस्दै आएका २० वर्षीय धर्मेन्द्र बम रहेका छन् । चलाकसँगै मोटरसाइकलमा पछाडी सवार कैलालीका १८ वर्षीय जगदीश शाहीको काठमाण्डौ मेडिकल कलेजमा उपचार भइरहेको छ ।

गम्भीर घाइते भएका बमको उपचारका क्रममा पेप्सीकोलास्थित मदरल्याण्ड अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । गएराती पौने १० बजे जडिबुटीबाट पेप्सिकोलातर्फ जाँदै गरेको बा ३९ प ५१८० नम्बरको मोटरसाइकल सडक छेउमा रोकिराखेको बा २१ च ८८९५ नम्बरको जिपमा ठोक्किएको थियो ।

जिप चालकलाई प्रहरी प्रभाग काँडाघारीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित