आज परिसूचक नेप्सेमा सामान्य सुधार
- वर्ल्ड दैनिक
- २ साल अघि
- ९६ पटक पढिएको
आज सेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार आएको छ। आज नेप्से परिसूचक ४.९४ अंकले बढेर २३ सय २५ अंकमा पुगेको छ ।
हिजो बुधबार ३६ अंकले घटेको नेप्से परिसूचक आज ४.९४ अंकले बढेको हो । ४.९४ अंकले बढेको बजारमा आज १ अर्ब ६२ करोड रुपैयाँ बराबरको ३९ लाख ९१ हजार कित्ता सेयर किनबेच भएको छ ।
त्यस्तै आज कारोबार भएका १३ मध्ये ८ समूहमा सुधार आएको छ । आज निर्जीवन बीमा समूहमा ८५ अंकको गिरावट आएको छ भने यता ग्रिन भेन्चर्स लिमिटेड र जाल्पा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने १० प्रतिशतले बढेको छ ।
प्रतिक्रिया दिनुहोस