ललितपुरमा अचानक अक्सिजन प्लान्ट विस्फोट

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १६७ पटक पढिएको

ललितपुरस्थित आज बिहान सगरमाथामा अक्सिजन प्लान्ट विस्फोट भएको छ । अक्सिजन प्लान्टमा विस्फोट हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना महिलासहित अन्य ६ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा भारतका ४५ वर्षीय बृजमोहन महतो रहेको ललितपुर प्रहरीले बताएको छ । अक्सिजन ग्याँस भर्ने क्रममा ट्यांक बिस्फोट हुँदा भारत बिहारका ४५ वर्षीय महतोको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले मृतकको शव ३०० ​​मिटरसम्म फेला परेकाले विष्फोट निकै शक्तिशाली भएको जानकारी दिएका छन् ।

त्यसैगरी भारतकै अर्का एकजना मजदुरको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा परेका ६ जना घाइतेमध्ये धेरै भारतीय नागरिक रहेको बुझिएको छ । घटनामा दुई महिलासमेत घाइते भएका छन् । घाइतेमध्ये गम्भीर घाइते भएका एकजनाको ग्वार्कोस्थित बिएन्डबी अस्पतालमा उपचार भइरहेको छ भने अन्य घाइतेको पाटन अस्पतालमा उपचार भइरहेको छ । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले उद्धारको काम गरिरहेका छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले घटनालगत्तै घटनास्थल पुगेर स्थलगत अवलोकन गरेका छन् । मन्त्री बडुले घटना दुर्भाग्य र दुःखद भएको भन्दै विस्फोट भएर ज्यान गुमाएका परिवारलाई सरकारले क्षतिपूर्ति र घाइतेहरूको निःशुल्क उपचार गर्ने बताएका छन् ।

साथै उनले सरकाले प्राविधिकसहितको टोलीले घटनाको छानबिन गर्ने समेत बताए । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित