भारतको राजधानी नयाँ दिल्लीमा फेरि मास्क अनिवार्य गरियो

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २७४ पटक पढिएको

पछिल्लो समयमा कोरोना भाइरस संक्रमण लगातार वृद्दि हुन थालेपछि भारतको राजधानी नयाँ दिल्लीमा फेरि मास्क अनिवार्य गरिएको छ ।

बुधबार सार्वजानिक गरिएको तथ्यांक अनुसार भारतमा ६३२ जना नयाँ संक्रमित देखिएका थिए जसमध्ये ५०१ जना नयाँ दिल्लीका रहेका छन् । दिल्लीमा एक्कासी संक्रमण बढेपछि मास्क लगाउनु पर्ने नियम लागु गरिएको हो ।

साथै मास्क नलगाउने मानिसहरुलाई ५०० भारु जरिवाना गरिने दिल्ली विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ । यता संक्रमण बढे तापनि विद्यालय तथा सामाजिक जमघटमा भने प्रतिबन्ध लगाइएको छैन ।

भारतमा अहिलेसम्म कुल ४ करोड २५ लाख १३ हजार २४८ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म मृत्यु हुनेको संख्या भने ५ लाख २२ हजार पुगेको छ। 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित