रुससँग युद्ध अन्त्यका लागि भएका वार्ता असफल हुन सक्ने : प्रधानमन्त्री जोनसन
- वर्ल्ड दैनिक
- २ साल अघि
- ५१३ पटक पढिएको
रुससँग युद्ध अन्त्यका लागि भएका वार्ता असफल हुन सक्ने बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बताएका छन् । नयाँ दिल्ली प्रस्थान गर्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री जोनसनले रुसले राजधानी कीभमा ताजा हमला गर्न सक्ने बताए ।
भारत भ्रमणका क्रममा युक्रेन युद्धबारे भारतको तटस्थता अन्त्य गर्न भारतीय समकक्षीलाई प्रोत्साहन गर्ने समेत जोनसनले बताएका छन् । जोनसनले पुटिनसँगको व्यवहार "गोहीको बङ्गारामा आफ्नो खुट्टा राख्दा गोही" जस्तै भएको र पश्चिमले युक्रेनलाई हतियार जारी राख्नु अत्यावश्यक रहेको बताए । बीबीसी
प्रतिक्रिया दिनुहोस