आज नेप्से परिसूचकमा फेरि ३६ अंकको गिरावट

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ११२ पटक पढिएको

आज सेयर बजार परिसूचक नेप्सेमा पुनः ३६ अंक माथिको गिरावट आएको छ ।

पछिल्लो समयमा लगातार ओरालो यात्रामा लागेको सेयर बजार परिसूचक नेप्से मंगलबार मात्र १३ अंकले बढेको थियो । आज नेप्से ३६.७३ अंकले घट्दै २३ सय २०.५१ अंकमा झरेको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ ।

३६ अंक माथिले घटेको बजारमा आज जम्मा १ अर्ब ४५ करोड ८७ रुपैयाँको मात्र कारोबार भएको छ । यस्तै क वर्गको सेन्सेटिभ्स इन्डेक्स समेत आज ६.६९ अंकले घट्दै ४४१.०८ अंकमा झरेको नेप्सेले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित