श्रीलंकामा प्रहरीले चलाएको गोलीद्वारा १ प्रदर्शनकारीको मृत्यु

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २०२ पटक पढिएको

श्रीलंकामा प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा १ जनाको मृत्यु भएको छ । श्रीलंकाको प्रहरीले इन्धनमा भएको मूल्यवृद्धि र अन्य दैनिक समस्याको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि गोली चलाउँदा १ जनाको मृत्यु भएको हो । सोहि गोलीबारीमा अन्य २४ जना घाइते भएका छन् । 

इन्धनको मूल्यवृद्धिको विरोधमा मंगलबार आन्दोलनमा उत्रिएका प्रदर्शनकारी माथि प्रहरीले सुरुमा अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शन नियन्त्रणमा नआएपछि प्रहरीले गोली चलाएको हो । हमला पछि अन्य प्रदर्शनकारीले रामबुक्काना प्रहरी चौकी घेरेर ढुंगा प्रहार गरेका थिए ।

श्रीलंका प्रहरीले अर्को सूचना नभएसम्मका लागि रामबुकाना प्रहरी डिभिजन वरपर कर्फ्यू लगाएको छ । अल्जाजीरा 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित