बैंगलोर उपाधि जित्न आतुर : फाफ डु प्लेसिस

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २७५ पटक पढिएको

इन्डियन प्रिमियर लिग (आईपीएल) को बारेमा प्रायः सोधिने प्रश्नहरू मध्ये एक हो, किन यस प्रतियोगितामा मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्स जस्ता टोलीहरूले धेरै उपाधि जित्छन् ? संयोगवश, प्रतियोगिताका यी दुई सफल टोलीहरू खराब लयबाट गुज्रिरहेका छन् र दस टोलीको प्रतियोगिताको पुछारको दुई स्थानमा छन्।

रोयल च्यालेन्जर्स बैंग्लोरले टिम जति बलियो भए पनि किन उपाधि जित्न सकेको छैन भन्ने अर्को प्रश्न हो । विशेषगरी विराट कोहली कप्तान हुँदा बैंग्लोरले उपाधि जित्न सकेन । यो टोली तीन पटक फाइनलमा पुगेको छ, तर प्रत्येक पटक हारेको छ ।

विराटको स्थानमा यसपटक दक्षिण अफ्रिकाका फाफ डु प्लेसिसले नेतृत्व लिइरहेका छन् । उनको कप्तानी प्रदर्शनमा बैंगलोरले मंगलबार मात्रै लखनउ सुपर जाइन्ट्सलाई हराएको थियो। त्यसमा प्लेसिसले ९६ रन बनाए र उत्कृष्ट प्रदर्शन पनि गरे ।

जितपश्चात उनले बैंगलोर उपाधि जित्न आतुर रहेको बताए । यसपटक बैंगलोरको टोली राम्रो, बलियो रहेको र उपाधिका लागि चुनौती दिन सक्ने उनको विश्वास छ । अब टोलीको तत्काल लक्ष्य प्ले अफ पुग्न्रे हो ।  मुख्य कुरा के हो भने बैंगलोर आईपीएल जित्ने सपना देखिरहेको छ। एजेन्सीको सहयोगमा । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित